Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
कोठा नं 105
इमेल daoktm.nagarikata@moha.gov.np

अन्य जानकारी

नागरिकता शाखा

नयां नागरिकता (१०१)

प्रतिलिपी नागरिकता (११३)

नागरिकता सम्बन्धी सामान्य जानकारी

नागरिकताको प्रमाणपत्र भनेको के हो ?

नागरिकता कुनै पनि राज्यको वैध नागरिक रहेको तथ्यलाई पुष्टि गर्न व्यक्तिलाई राज्यले दिएको प्रमाण हो ।

नागरिकताको परिचय

नागरिक राज्यको अभिन्न अंग हो । राज्यबाट प्राप्त हुनसक्ने सामाजिक, नागरिक, वैयक्तिक, राजनीतिक लगायतका सम्पूर्ण अधिकार प्राप्त र निश्‍चित कर्तव्य भएका व्यक्तिहरुलाई नागरिक भनिन्छ । साधारणतया संविधान अनुसार त्यस राष्टमा बस्ने व्यक्तिलाई वंशज वा जन्मको अाधारमा स्थायी बसोबास गरेका नाताले दिने नागरिक अधिकारलाई नागरिकता भनिन्छ ।

नेपालमा नागरिकताको किसिम

नेपालमा देहाय बमोजिमको नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ;-

  • बंशज
  • जन्म
  • अङ्गीकृत
  • सम्मानार्थ

टोलीमा नागरिकता जारी गर्ने अधिकारी

नागरिकताको प्रमाणपत्र वितरणको लागि प्रमुख जिल्ला अधिकारीले अधिकार प्रत्यायोजन गरी खटाएका निजामती सेवाका अधिकृत स्तरका कर्मचारी ।

नागरिकताको लागि लाग्ने दस्तुर

नागरिकताको प्रमाणपत्र नेपाल सरकारद्धारा नि:शुल्क उपलब्ध गराइन्छ । यसका लागि कुनै किसिमको सेवा शुल्क र दस्तुर लाग्दैन ।

नागरिकता पाउने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरु

  • तोकिएको ढाँचामा पूरा विवरण भरी निवेदन पेश गर्नुपर्नेछ ।
  • निवेदनसाथ तोकिएबमोजिमका प्रमाणहरु पेश गर्नुपर्नेछ ।
  • निवेदन नेपाली नागरिकले मात्र दिन सक्नेछन् ।
  • निवेदनमा नाम,थर,जात,बाबुको नाम,ठेगाना,राष्टियता लगायतका विवरण गलत दिनुहुदैन । ठिक साँचाे व्यहोरा भरेर निवेदन पेश गर्नुपर्दछ ।

नागरिकता रद्द गर्नसक्ने अवस्था

  • झुठो विवरण दिएमा ।
  • नाम,थर,जात,ठेगाना,बावुको नाम,राष्टियता ढाँटेमा ।
  • गैर नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र लिएमा ।

नागरिकता कायम नरहने अवस्था

  • कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेमा ।
  • नेपाली नागरिकता त्याग गरेको सूचना दर्ता गरेमा ।


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-08 19:11:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काठमाडौँ .