Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बिहीबार, असार ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
कोठा नं 130
इमेल daoktm.passport@moha.gov.np

अन्य जानकारी

३.  विद्युतीय राहदानी (ePassport)

क्र.स.

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कै.

 

 

 

 

 

 

 

 

३.१

 

 

 

 

 

 

 

साधारण विद्युतीय राहदानी

(Normal ePassport)

निवेदकको नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय, काठमाडौबाट जारी भएको हकमा

१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम

२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)

३. नाबालिकको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौबाट जारी गरिएको नाबालिग परिचयपत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाको सक्कल नागरिकता, आमा र बाबुको विवाहदर्ता, बच्चाको  जन्मदर्ता । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकता सक्कल (नागरिकताको अभिलेख भिडेको हुनुपर्ने)

४. पहिले राहदानी लिएको भए सोको सक्कल

५. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण ।

६. राहदानी दस्तुर रु ५०००।- तिरेको रसिद र १० वर्ष मुनिका नाबालिगको हकमा रु २५००।-

(राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ ।)

७. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ ।

 

अन्यत्र जिल्लाबाट नागरिकता प्रमाणपत्र बसाईसरी काठमाडौ जिल्लामा आउनेको हकमा

१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम

२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)

३. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण ।

४. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र

५. घर, जग्गा धनी प्रमाण वा घर निर्माण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल

६. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ

७. अन्य जिल्लाबाट नाबालिक परिचयपत्रपत्र बनिसकेको हकमा

सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ ।

८. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ ।

अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह गरी काठमाडौ जिल्लामा आउनेको हकमा ।

१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम

२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)

३. नागरिकता प्राप्त व्यक्तिको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण ।

४. विवाहदर्ता प्रमाणपत्र

५. पतिको नागरिकता प्रमाणपत्र प्रतिलिपि

६. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

७. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ ।

 

काठमाडौ जिल्लास्थित सरकारी निकायमा कार्यरत कर्मचारीको र कर्मचारी परिवारको हकमा

१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम

२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)

३. सम्बन्धित कार्यालयको सिफारिस पत्र

४. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ

५. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण । (नाबालिकको हकमा राष्ट्रियपरिचयपत्र नहुने)

६. अन्य जिल्लाबाट नाबालिक परिचयपत्रपत्र बनिसकेको हकमा  सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ ।

७. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ ।

 

 

 

 

 

 

 

 

 

प्रमाण पुगेमा सोही  दिन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स.प्र.जि.अ/ प्रशासकीय अधिकृत/ ना.सु.

 

 

 

 

 

 

 

 

स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

३.२

हराएको राहदानी पुन: प्राप्ति सम्बन्धी

१. साधारण राहदानीको लागि ३.१ मा उल्लिखित कागजातहरु

२. साबिकको राहदानीको प्रतिलिपि

३. विदेशमा राहदानी हराएको हकमा ट्राभल डकुमेन्ट

प्रमाण पुगेमा सोही दिन

 

स.प्र.जि.अ/ प्रशासकीय अधिकृत/ ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

 



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-01 18:13:34

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काठमाडौँ .