citizenship
प्रस्तुत विषयमा नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, 2079 मिति 2080/02/17 को राजपत्रमा प्रकाशित भई हाल कार्यान्वयन गर्ने सन्दर्भमा प्रचलित नेपाल कानून, नेपाल नागरिकता ऐन, नेपाल नागरिकता नियमावली (संशोधन सहित) बमोजिमको आवश्यक प्रक्रिया पुर्याई सिफारिश गर्ने व्यवस्था हुन अनुरोध छ। साथै, जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको नेपाली नागरिकता प्रमाणपत्रका लागि सिफारिश गर्दा आवेदकको बाबु र आमा नेपाली नागरिक भएको र निजहरु निरन्तर नेपाल सरहद भित्र बसोबास गरेको एकिन गरी देहाए बमोजिमको कागजात/प्रमाणपत्रहरुका संलग्न राखी अनुसूची फारम सहित सिफारिश गरी पठाउने व्यवस्था मिलाउन सवै वडाहरुलाई तुरुन्त परिपत्र समेत गरिदिनुहुन आदेशानुसार अनुरोध छ।
निम्न
- बुवा र आमाको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र,
- सक्कल जन्मदर्ता प्रमाणपत्र (जन्म मिति र जन्मस्थान खुल्ने),
- जग्गाधनी दर्ता प्रमाण पुर्जा (निवेदकको बाबु/आमाको नाममा भएको),
- बुवा, आमा र सन्तान बिचको फोटो सहितको नाता प्रमाणित,
- शैक्षिक प्रमाणपत्र (विदेशी मुलुकबाट अध्ययन गरेको भए नेपाल सरकारबाट मान्यताप्राप्त निकायबाट व्यक्तिको नाममा गरिएको समकक्षता निर्धारण),
- घरधनी दर्ता प्रमाणपुर्जा (नक्सा पास) वा अन्य सबुत प्रमाण,
- उद्गमस्थान र गन्तव्य स्थानको बसाई सराई दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गरी नागरिकता लिन चाहेमा),
- स्थानीय निकायले नेपालमा नै जन्म भई निरन्तर नेपालमा बसोबास गरेको भनि गरिदिएको स्थायी बसोबास गरेको भनि गरिदिएको स्थायी बसोबास प्रमाणित पत्र,
- बाबुआमाको विवाहदर्ता र पारिवारिक विवरण,
- बाबु, आमा मध्ये कोही वा दुवैको मृत्यु भएको हकमा मृत्युदर्ता प्रमाणपत्र,
- अन्य तोकिएको कागजात, स्थायी लेखा नं, व्यवसाय दर्ता प्रमाणपत्र, 2063 को टोलिले नाबालक दर्ता गरेको भए सो को निस्सा,
- यस कार्यालयबाट आवश्यकता अनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्का समेत गरिने हुँदा सो व्यहोरालई पुष्टी गर्ने अन्य कागजातहरु।
