Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बबरमहल, काठमाडौं, नेपाल

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बबरमहल, काठमाडौं, नेपाल

सवारी संचालन सम्बन्धी सूचना

2074-11-18

2074-11-18


प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत दोश्रो चरणमा यहि मिति २०७४ मंसिर २१ गते हुने निर्वाचनलाई लक्षित गरी मतदान हुने दिन मंसिर २१ गते सार्वजनिक बिदा हुने सूचना यस अघि गृह मन्त्रालय बाट प्रकाशित भईसकेको छ । सो सम्बन्धमा गृह मन्त्रालयको मिति २०७४।०८।१९ गते प्रकाशित सूचना बमोजिम मतदानको दिन सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका सवारी साधन र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानी ट्यांकर, दुध ढुवानी गर्ने सवारी साधन, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा बिद्युत सेवा) बाहेक अन्य कुनैपनि प्रकारका सवारी साधन उक्त मतदानको अघिल्लो दिन मंसिर २० गते राती १२:०० बजे देखी मतदानको दिन बेलुका ७:०० बजेसम्म संचालनमा निषेध गरिएको छ ।

त्यसरी सवारी साधन संचालनमा निषेध गरिंदा काठमाण्डौं बाट अन्यत्र चल्ने सवारी साधनहरू पनि संचालन हुन नसक्ने हुंदा मंसिर २१ गतेको अघिल्लो दिन मंसिर २० गते राती १२ बजे अगावै गन्तब्य सम्म पुग्ने ब्यबस्था मिलाउनुहुन समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति : २०७४।०८।२०                                

                                            केदारनाथ शर्मा

प्रमुख जिल्ला अधिकारी