Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बबरमहल काठमाण्डाै

वंशजको आधारमा नेपाली नागरिकता

कागजातहरु

क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :–
१. अनुसूची १ को फाराममा गा.वि.स. भएमा अध्यक्ष वा उपाध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुख, जि.वि.स. भएमा सभापति वा उपसभापतिको सिफारिश ।
२. बाबुको र आमाको ना.प्र. र विवाहिता महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपि र नाता प्रमाणित प्रमाण पत्र ।
३. पिता, माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।
५. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ।
६. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र ।

ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :–
१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।
२. जग्गाधनी प्रमाण पूर्जा ।
३. घरको नक्सा पास प्रमाणपत्र ।
४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण
५. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।



सुल्क

रु १०।- को टिकट



प्रक्रियाहरु

तोकिएको कागजात, प्रमाण, शुल्क, बुझाउदँ पनि तोकिएको समयमा निर्धारित सेवा सुविधा उपलब्ध नभएमा वा नहुनुको कारणबाट चित्त नबुझेमा वा कुनै प्रकारको क्षति पुग्न गएमा कसले, कहिले, कुन कामको सिलसिलामा, के कसरी क्षति पुग्न गएको हो क्षतिपूर्तिको एकिन माग सहित प्र.जि.अ.को हकमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारीको हकमा प्र.जि.अ. समक्ष निर्धारित ढॉचामा उजुरी दिन सकिनेछ । उक्त उजुरी उपर छानवीन गरी ठहर भए बमोजिमको क्षतिपूर्ति पिडित सेवाग्राहीलाई दिइने छ ।



लाग्ने समय

प्रमाण पुगेकोमा उसै दिन