Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बबरमहल काठमाण्डाै

8 महिना अगाडी

2074-11-18


नेपालीहरुको महानचाड तिहार र छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशिल पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोगबाट आगलागि, दूर्घटना लगायत धनजनको क्षति हुन सक्ने र त्यस्ता कृयाकलापले शान्ति सुरक्षामा प्रतिकुल असर पर्न जाने संभावना भएकोले त्यस्ता कार्यहरुलाई निरुत्साहन गर्न बान्छनीय देखिएको हुँदा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम रोक लगाईएको व्यहोरा यसै विज्ञप्तीद्वारा सर्वसाधारणका लागि जानकारी गराईएको छ । 

तिहार पर्वको उपलक्ष्यमा खेलिने देउसी, भैलो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता कार्यक्रमहरु गर्दा सम्बन्धित घरधनीको सहमति लिई बिना करकाप बेलुकी १० बजे सम्म मात्र मनाउनु हुन अनुरोध गरिन्छ । साथै कोही कसैले यो सूचनाको वर्खिलाप हुने काम कारवाही भए गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यही विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराईन्छ । 

 

मिति :– २०७४/०६/३१      (केदारनाथ शर्मा)

        प्रमुख जिल्ला अधिकारी