यातायात क्षेत्रसंग सम्बन्धित ३५ दिने सूचना
बैंक खाता रोक्का भएका यातायात क्षेत्रसँग सम्बन्धित संघ र समितिहरुको अनिवार्य खर्च दायित्व भुक्तानी दावी गर्ने सम्बन्धी ३५ दिने सूचना सम्वन्धमा ।
उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५/०१/०४ गतेको निर्णयबाट यातायात क्षेत्रमा रहेको सिन्डीकेट अन्त्य भई सकेको वर्तमान अवस्थामा काठमाण्डौ जिल्लाभित्र रहेका यातायात क्षेत्रसँग सम्बन्धित बैंक खाता रोक्का रहेका विभिन्न संघ संस्था, समितिहरुको सवारी दुर्घटनाका घाइतेको उपचार खर्च संघसंस्थामा कार्यरत कर्मचारीको तलब, बिजुली, पानी लगायतका संस्थाले पुरा गर्न बाँकी अनिवार्य दायित्वको यकिन विवरण ठोस प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा पेश गर्न हुन सम्बन्धित सम्पूर्ण सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
(वासुदेव घिमिरे)
सहायक प्रमुख जिल्ला अधिकारी
Additional Documents
| Title | Size | Download |
|---|---|---|
| 1532343157.jpg | 810 KB | Download |

