नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


पठनपाठन संचालन सम्बन्धी बिज्ञप्ति

निर्वाध रुपमा विद्यालय तथा पठनपाठन संचालन गर्ने गराउने सम्बन्धमा प्रकाशित बिज्ञप्ती ! 

           उपरोक्त सम्बन्धमा आठ विद्यार्थी संगठनका नामबाट मिति २०७५ आषाढ २०, २१ र २२ गते शैक्षिक आमहड्ताल समेतका कार्यक्रम राखी प्रचारमा ल्याईएको विज्ञप्तीका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छ । शान्तिपुर्ण वातावरणमा अध्ययन गर्न पाउने विद्यार्थीहरूको नैसर्गीक हक समेतलाई विचार गरी कुनै व्यक्ति, समूह वा संगठनका नाममा हुने यस्ता कार्यलाई पूर्ण रुपमा निस्तेज पार्दै विद्यालय र पठनपाठनको क्रियाकलापको सुरक्षाको पूर्ण प्रत्याभुति गर्न जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकायलाई निर्देशन दिई सकिएको छ । विद्यालयको पठनपाठन बन्द गर्ने गराउने जो कोहिलाई पनि प्रचलित कानून बमोजिम कारबाही गरिने र जिल्लाको शान्ति सुरक्षा सदृढ रहेको वर्तमान अवस्थामा विना भय र त्रासका साथ विद्यालय तथा पठनपाठन कृयाकलाप संचालन गर्नु गराउनु हुन सम्पुर्ण विद्यालय संचालक, व्यवस्थापक, विद्यार्थी, अभिभावक एवं सरोकारवाला सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ । शान्ति सुरक्षा सम्बन्धी कुनै जानकारी वा सहयोग आवश्यक परेमा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नुहुन वा जिल्ला प्रशासन कार्यालयको सम्पर्क नं ०१, ४२६२४७८, ९८५१२४८४७८, प्रहरी कन्ट्रोल १०० वा महानगरिय प्रहरी परिसर, काठमाण्डौंको मो.नं. ९८५१२०५५५५ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ । 

Additional Documents

Title Size Download
1530545864.JPG 721 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय