हालै मात्र गृह
मन्त्रालयद्वारा जारी गरिएको गृह प्रशासन सुधार कार्ययोजनाको बुंदा नं ३१ मा
उल्लेखित विरोध प्रदर्शनका लागि निश्चित स्थल तोकी तोकिएको स्थानमा मात्र विरोध
प्रदर्शन गर्न पाउने ब्यबस्था कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिको
मिति २०७४।१२।३० गते बसेको बैठकबाट यस जिल्लामा २०७५ बैशाख १६ गतेदेखि लागु हुने
गरी हाललाई तपसिल बमोजिमका स्थानहरूलाई "सार्वजनिक कार्यक्रम तथा प्रदर्शन
स्थल" को रुपमा तोक्ने निर्णय भएकोले सम्पुर्ण सरोकारवालाको जानकारीको
लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति २०७५ बैशाख
१६ गतेदेखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरू संचालन गर्नु गराउनु हुन
सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।