कार्यालय प्रमुख बैठकको निर्णय
मिति २०७४/१२/०५ गतेका दिन श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माज्यूको अध्यक्षतामा जिल्ला
स्थित कार्यालयका कार्यालय प्रमुखहरूको
मासिक नियमित बैठक बसी निम्नानुसार निर्णय
गरियो ।
निर्णयहरू
१. जिल्ला तथ्यांक कार्यालय, काठमाण्डौंको
अनुसार प्रथम राष्ट्रिय आर्थिक गणनाको लागि २८७ जना गणक र ४१ जना सुपरिवेक्षक
आवश्यक पर्ने देखिएकोले प्रत्येक नगरपालिकाले कम्तीमा १ जना सुपरिवेक्षक र उपलब्ध
गराउन सकिने सम्मको गणक संख्याको नाम नामेसी विवरण २०७४।१२।०९ गते सम्ममा जिल्ला
प्रशासन कार्यालयमा उपलब्ध गराउने ।
२. मिति २०७४।१२।२३ मा सम्पन्न
हुन गईरहेको स्थायी शिक्षक परिक्षाको लागि आवश्यक पर्ने जनशक्ति जिल्ला शिक्षा
कार्यालयबाट माग भए बमोजिम जिल्ला प्रशासन कार्यालयले ब्यवस्थापन गरिदिने । उपलब्ध
हुन सक्ने अधिकृत तथा सहायक कर्मचारीहरूको विवरण २०७४।१२।१० सम्म सम्पुर्ण
कार्यालयहरूले जिल्ला प्रशासनमा उपलब्ध गराउने ।
३. जिल्ला स्थित सबै कार्यालयहरूको
सेवा प्रवाह चुस्त एवं थप प्रभावकारी बनाउन सम्पुर्ण कार्यालय प्रमुखले आफ्नो
कार्यालयको जिम्मेवारी र अधिकार क्षेत्र अन्तर्गत हुने / गरिने कार्यहरूको
प्रभावकारी अनुगमन, सुपरिवेक्षण गरी नतिजा मुलक ढंगले कार्य सम्पादन गर्ने गराउने
। भ्रष्टाचार नियन्त्रण, अनियमितता रोक्ने र सुशासन कायम गर्ने कुरामा क.प्र. ले
कडाईका साथ प्रभावकारी कदमहरू चाल्ने ।
४. सरकारी, सार्वजनिक, पर्ति
जग्गाको अतिक्रमणका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा बसेको मिति
२०७४।१२।०४ को बैठकले गरेको निर्णय जानकारी गराईयो । सम्पुर्ण न.पा. हरूले सो
निर्णयको कार्यान्वयन प्रक्रिया प्रभावकारी रुपमा गर्ने ।

