नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


सूचना अधिकारी - पत्रकार भेटघाट कार्यक्रम

आज मिति २०७४/११/२७ गतेका दिन काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माज्यूको अध्यक्षतामा जिल्ला स्थित कार्यालयका सूचना अधिकारीहरू र पत्रकारहरूको वीचमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरीयो ।

उक्त अन्तर्कृया कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माले पारदर्शिता र सूचनाको हक सुशासन र लोकतन्त्रको प्रमुख खम्बा भएकोले  यसको कार्यान्वयन गर्ने क्रममा यस्तो कार्यक्रम आयोजना गरिएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी श्री ललित कुमार बस्नेतले सूचनाको हकको कार्यान्वयन तथा सार्वजनिक सेवा प्रबाहलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय थालनी गरेका सुधारका प्रयास, उपलब्धी, भोग्नुपरेका समस्या तथा सञ्चार जगत संगको अपेक्षा सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुत गरिएको Power point Presentation यसैसाथ Attach गरिएको छ ।

 

Additional Documents

Title Size Download
5457_d41d8cd98f00b204e9800998ecf8427e_1520724411_P.pdf 1994 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय