नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


सूचना

            काठमाण्डौ जिल्लाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी यस पूर्व जिल्ला सुरक्षा समितिबाट समय समयमा तोकिएको निषेधित क्षेत्र समेतलाई पूनरावलोकन गरी काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिकाका देहायका स्थानहरुमा जिल्ला सुरक्षा समितिको मिति २०७/११/८ गतेको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नभए सम्मको लागि काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माबाट कुनै पनि किसिमका जुलुश, प्रदर्शन, धर्ना, घेराउ, जस्ता आन्दोलन वा बिरोधका कार्यक्रमहरू गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

निषेधित क्षेत्र तोकिएका स्थानहरु

१.      शितल निवासको निषेधित क्षेत्र

पुर्व : शिवपुरी स्कूल

पश्चिम : सामाखुसी निस्कने नाला

उत्तर : कान्ति बाल अस्पताल

दक्षीण : प्रहरी अस्पताल जाने मोड

२.      प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र

पवित्र वर्कशप चोकवाट बालुवाटार तर्फ

सभामुख निवास देखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षीण १०० मीटर

प्रधानन्यायाधिश निवासबाट लाजिम्पाट जाने १०० मीटर पश्चिम

राष्ट्रबैंक चोकबाट पूर्वतर्फ १०० मीटर

ईटालीया चोकबाट ५० मीटर दक्षीण ।

३.      संसद भवन, नया वानेश्वरको निषेधित क्षेत्र

संसद भवन र परिसर दक्षिणतर्फको पेटिसंग जोडिएको सर्भिस ट्र्याकसम्मको भाग

संसद भवनको पश्चिमतर्फको थापागाउं जाने बाटोको दक्षिण किनारादेखि नयां बानेश्वर चोक सम्मको सम्पुर्ण सडक खण्ड

संसद भवनको दक्षिणपूर्वी किनाराको सर्भिस ट्र्याक हुंदै नयां वानेश्वर चोकदेखि ७५ मीटर पश्चिम सम्मको सर्भिस ट्र्याकसम्म

४.      सिंहदरबारको निषेधित क्षेत्र

भद्रकाली मन्दिरपुर्व तीनकुने आईल्याण्डको पूर्वी कुनादेखि पुर्व सिंहदरबार मुल गेटसम्म ।

सिंहदरवार मूलगेट अगाडीदेखि उत्तर तर्फ पद्मोदय मा. वि. को मोडसम्म

सिंहदरवार मूलगेट अगाडीदेखि दक्षिणतर्फ माईतीघर मण्डलासम्म

बबरमहल स्थित जिल्ला अदालत प्रवेश मार्ग देखि जिल्ला प्रशासन कार्यालय हुंदै हनुमान मन्दिरसम्म ।

माईतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुंदै हनुमानस्थान मन्दिरसम्म

५.      उपराष्ट्रपति निवासतर्फ निषेधित क्षेत्र

सामाखुशीबाट कपुरधारा चिताजाने मोड

६.      निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट उत्तरतर्फ केशरमहल चोक

निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट दक्षीणतर्फ ज्याठा गल्ली मोड

उल्लेखित सूचनाको वर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे गराएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय