नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


सूचना

नयां बानेश्वर, काठमाण्डौमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिगत समयमा ब्यवस्थापिका संसद भवनको रुपमा प्रयोग हुंदै आएकोले सुरक्षा संबेदनशीलतालाई मध्यनजर गरी उक्त सम्मेलन केन्द्र र त्यसको वरिपरिको क्षेत्र निषेधित क्षेत्रको रुपमा तोकिएकोमा हाल ब्यवस्थापिका संसद नरहेको तथा उक्त सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनको लागि निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएकोले राजनैतिक दल, तिनका समर्थक तथा अन्य सरोकारवालाहरूको आवागमनलाई सहज बनाउन जिल्ला सुरक्षा समितिको मिति २०७४।०७।१३ को सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम उक्त क्षेत्रमा घोषणा गरिएको निषेधित क्षेत्र प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माज्यूबाट आजैका मिति देखि अर्को निर्णय नभएसम्मको लागि हटाउने र अन्य क्षेत्रमा घोषणा गरिएको निषेधित क्षेत्र यथावत कायम राख्ने आदेश भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको  छ ।

 

(ललितकुमार बस्नेत)

स.प्र.जि.अ.

 

Additional Documents

Title Size Download
1509361388.pdf 71 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय