नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


निषेधित क्षेत्र तोकिएको

जिल्ला प्रशासन कार्यालय काठमाण्डौको

सूचना

        काठमाण्डौ जिल्लाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिकाका देहायका स्थानहरुमा जिल्ला सुरक्षा समितिको मिति २०७÷०९÷० र २०७३।१२।०९ गतेको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नभए सम्मको लागि काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री हिमनाथ दवाडीबाट कुनै पनि किसिमका जुलुश, प्रदर्शन, धर्ना, घेराउ, जस्ता आन्दोलन वा बिरोधका कार्यक्रमहरू गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएकोले सम्बन्धित सबैको जानकारीको लागि पुन: यो सूचना प्रकाशित गरिएको छ ।

निषेधित क्षेत्र तोकिएका स्थानहरु

१) शीतल निवासको निषेधित क्षेत्र

पुर्व शिवपुरी स्कुल, पश्चिम सामाखुशी निस्कने नाला, उत्तर कान्ति बाल अस्पताल र दक्षीण प्रहरी अस्पताल जाने मोड

२) प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र

पवित्र वर्कशप चोकबाट बालुवाटार तर्फ, सभामुख निवास देखी गैहिधारा जानेबाटोको पश्चिम दक्षीण १०० मीटर, प्रधानन्याधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मीटर र ईटालीया चोकबाट ५० मीटर दक्षीण

३) संसद भवन, नयांबानेश्वरको निषेधित क्षेत्र

संसद भवन र परिसरको दक्षीणतर्फको पेटिसंग जोडिएको सर्भिस ट्र्याकसम्मको भाग, संसद भवनको पश्चिमतर्फको थापागाउं जाने बाटोको दक्षीण किनारादेखि नयां बानेश्वर चोकसम्मको सम्पुर्ण सडक खण्ड, संसद भवनको दक्षीणपुर्वी किनाराको सर्भिस ट्र्याक हुंदै नयां बानेश्वर चोकदेखी ७५ मीटर पश्चिमसम्मको सर्भिस ट्र्याकसम्म ।

४) सिंहदरबारको निषेधित क्षेत्र

भद्रकाली मन्दिरपूर्व तीनकुने आईल्याण्डको पूर्वी कुना देखि सिंहदरबार मुल गेटसम्म, सिंहदरबार मूलगेट अगाडीदेखि उत्तर तर्फ पद्मोदय मा.वि. को मोडसम्म, सिंहदरबार मुलगेट अगाडीदेखी दक्षीणतर्फ माईतीघर मण्डलासम्म, बबरमहल स्थित जिल्ला अदालत प्रवेशमार्ग देखि जिल्ला प्रशासन कार्यालय हुंदै हनुमानस्थान मन्दिरसम्म, माईतीघर मण्डलादेखी सिंहदरबार दक्षीण गेट हुंदै हनुमानस्थान मन्दिरसम्म

५) उपराष्ट्रपति निवासतर्फ निषेधित क्षेत्र

सामाखुशीबाट कपुरधारा चिताजाने मोड

६) निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट उत्तरतर्फ केशरमहल चोक, निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट दक्षीणतर्फ ज्याठागल्ली मोड

 

उल्लेखित सूचनाको वर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे गराएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय