नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


सूचना

आगामी मिति २०७३ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्ति सु-ब्यवस्था कायम गर्न देहाय बमोजिमको ब्यवस्था गरिएकाले सम्पुर्ण सर्वसाधारणको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

१.     सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानून बमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि ब्यक्तिले कुनै प्रकारको बिष्फोटक पदार्थ वा रसायनीक वा बिषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिंड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पुर्णतया निषेध गरिएको छ ।

२.     कानून बमोजिम अनुमति प्राप्त गरेका ब्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्बाचन अबधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउनु हुन अनुरोध छ  

३.     निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा विक्री वितरण कार्यमा पुर्ण बन्देज लगाईएको छ ।

४.     यदि कोही कसैले माथि उल्लेखित कार्यहरू गरे गराएको पाईएमा कानुन बमोजिम कारबाहि हुने छ ।

मिति : २०७३।१२।०३                                

हिमनाथ दवाडी

प्रमुख जिल्ला अधिकारी

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय