नागरिक वडापत्र दाेश्राे पाना
नागरिक बडापत्रकाे बाँकी अंश
| सि.नं | सेवा सुबिधाहरुको बिबरण | आवस्यक पर्नत कागजपत्रहरू/प्रमाणपत्रहरू | लाग्ने समय | लाग्ने शुल्क | जिम्मेवार कर्मचारी शाखा/उपशाखा/ईकाई | गुनासो सुन्ने अधिकारी | क्षतिपुर्ती सम्बन्धी ब्यवस्था | कैफियत |
|
७.५ |
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी |
१. रितपूर्वकको निवेदन २ संस्थाको कार्यसमितिको निर्णय ३. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि(नविकरण देखिने) ४. सम्बन्धित नगरपालिकाको सिफारिस पत्र |
सोही दिन |
नि:शुल्क |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
७.६ |
पत्रपत्रिका दर्बा सम्बन्धी |
१. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि २. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु ३. संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु ४. सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी.वा एस.ई.ई देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्र.प. र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. .वा एस.ई.ई उत्र्तिण गरी पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि ६. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज ७. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिश ८. छापाखाना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ९. छापाखान संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि १०. छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि |
प्रकृया पुगेपछी साेही िदिन |
दैनिक पत्रिका रु.१०००।– अर्धसाप्ताहिक रु.७००।– साप्ताहिक रु.५००।– पाक्षिक रु.३००।– मासिक र अन्य |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
७.७ |
छापाखाना संचालन सम्बन्धी |
१. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि २. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ३. मूल्य अभिबृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपि ५. छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको लोकेशन नक्सा ६. छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि ७. संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवदेन |
प्रकृया पुरा भएपछि सोही दिन |
रु १,०००।- |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
८. शान्ति सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी |
||||||||
|
८.१ |
शान्ति सुरक्षाको निबेदन सम्बन्धी |
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
सोहि दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
८.२ |
गुनासो वा ठाडो उजुरी सम्बन्धी |
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
शीघ्र |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
९ अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासाे भएमा |
||||||||
|
९.१ |
|
१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन । २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात |
शिघ्र |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
१०. राहदानी (MRP) सम्बन्धी |
||||||||
|
१०.१ |
साधारण (Normal) राहदानी |
निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको हकमा १. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति २. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ) ३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति ४. राहदानी दस्तूर रु ५०००।– तिरेको रसिद र नाबालकको हकमा १० बर्ष मुनिको हकमा रु २५००।– (राहदानी हराएको÷च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ । ५. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि ६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि
अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घरको नक्सा पास प्रमाणपत्र । ४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । ५ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । अन्यत्र जिल्लाबाट नागरिकता लिई काठमाण्डौ जिल्लामा विवाह गरी आउनेको हकमा १. विवाह दर्ता प्रमाणपत्र २. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ
काठमाण्डौ जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा १. सम्बन्धित निकायको सिफारिस पत्र २. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ३ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । |
निबेदन पेश गरेको ४२ दिन पछी |
रु ५,००० |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
१०.२ |
द्रुत सेवाको राहदानी सिफारिस |
१. द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने छ । २. माथि दफा १०.१ मा उल्लेखित राजश्व तिरेको रसिद बाहेक सबै कागजातहरु ३ online form दुई प्रति (पछाडि सिफारीस व्यहोरा भएको) |
|
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
|
१०.३ |
हराएको राहदानी पुन प्राप्ती सम्बन्धी |
१. साबिकको राहदानीको प्रतिलिपि २. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट
|
|
रु १० को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
राहदानी हराएको हकमा मनासिव आधार बेगर द्रुत सेवा सिफारिस गरिने छैन |
यससंग साथै जोडीएका विवरणहरु
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय