नागरिकता शाखा
नागरिकता शाखा
नयां नागरिकता (१०१)
प्रतिलिपी नागरिकता (१०५)
आईतबार - शुक्रबार : बिहान १०:०० देखी सांझ ५:०० बजेसम्म
नागरिकता सम्बन्धी सामान्य जानकारी
नागरिकताको प्रमाणपत्र भनेको के हो ?
नागरिकता कुनै पनि राज्यको वैध नागरिक रहेको तथ्यलाई पुष्टि गर्न व्यक्तिलाई राज्यले दिएको प्रमाण हो ।
नागरिकताको परिचय
नागरिक राज्यको अभिन्न अंग हो । राज्यबाट प्राप्त हुनसक्ने सामाजिक, नागरिक, वैयक्तिक, राजनीतिक लगायतका सम्पूर्ण अधिकार प्राप्त र निश्चित कर्तव्य भएका व्यक्तिहरुलाई नागरिक भनिन्छ । साधारणतया संविधान अनुसार त्यस राष्टमा बस्ने व्यक्तिलाई वंशज वा जन्मको अाधारमा स्थायी बसोबास गरेका नाताले दिने नागरिक अधिकारलाई नागरिकता भनिन्छ ।
नेपालमा नागरिकताको किसिम
नेपालमा देहाय बमोजिमको नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ;-
- बंशज
- जन्म
- अङ्गीकृत
- सम्मानार्थ
टोलीमा नागरिकता जारी गर्ने अधिकारी
नागरिकताको प्रमाणपत्र वितरणको लागि प्रमुख जिल्ला अधिकारीले अधिकार प्रत्यायोजन गरी खटाएका निजामती सेवाका अधिकृत स्तरका कर्मचारी ।
नागरिकताको लागि लाग्ने दस्तुर
नागरिकताको प्रमाणपत्र नेपाल सरकारद्धारा नि:शुल्क उपलब्ध गराइन्छ । यसका लागि कुनै किसिमको सेवा शुल्क र दस्तुर लाग्दैन ।
नागरिकता पाउने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरु
- तोकिएको ढाँचामा पूरा विवरण भरी निवेदन पेश गर्नुपर्नेछ ।
- निवेदनसाथ तोकिएबमोजिमका प्रमाणहरु पेश गर्नुपर्नेछ ।
- निवेदन नेपाली नागरिकले मात्र दिन सक्नेछन् ।
- निवेदनमा नाम,थर,जात,बाबुको नाम,ठेगाना,राष्टियता लगायतका विवरण गलत दिनुहुदैन । ठिक साँचाे व्यहोरा भरेर निवेदन पेश गर्नुपर्दछ ।
नागरिकता रद्द गर्नसक्ने अवस्था
- झुठो विवरण दिएमा ।
- नाम,थर,जात,ठेगाना,बावुको नाम,राष्टियता ढाँटेमा ।
- गैर नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र लिएमा ।
नागरिकता कायम नरहने अवस्था
- कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेमा ।
- नेपाली नागरिकता त्याग गरेको सूचना दर्ता गरेमा ।
यससंग साथै जोडीएका विवरणहरु
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

