नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


  कार्यालयको परिचय र उद्देश्य

जिल्ला प्रशासन कार्यालको परिचय :
             २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पश्चात् चुस्त एव विकेन्द्रित प्रशासनको आवश्यकता महशुश गरी वडा हाकीमहरुको नियुक्ति गरेको पाइन्छ । सोही वखत काठमाडौ उपत्यका कमिश्नर मेजिष्ट्रेट ऐन, मधेश गोश्वरा ऐन, सामान्य प्रशासन र प्रहरी ऐनहरु निर्माण भएका थिए । यसै क्रममा गढी, गौडा र गोश्वाराको रुपमा गृह प्रशासनको कार्य संचालन भएको थियो । नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अंचल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार काठमाडौँ जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यसको कार्यालय बबरमहलमा रहेको छ ।

जिल्ला प्रशासन कार्यालयको उद्देश्य :
             जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।

  • Print भएर अाइसकेकाे MRP हेर्नकाे लागि Click । २०७१-८-९

    निम्न उल्लेखित मिति सम्मको राहदानी  (MRP) तयार भई आईसकेको हुंदा राहदानी शाखा (काेठा नं १०७ काे झ्याल घ) मा निम्न कागजातहरू अनिवार्य रुपमा साथमा लिएर सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ । कार्य व्यस्तताकाे कारण राहदानी वितरण समय विहान १०:०० देखि दिउसाे १ वजे सम्म मात्र कायम गरिएकाे व्यहाेरा जानकारीकाे लागि अनुराेध छ । राहदानी लिनकाे लागि अावश्यक कागजपत्रहरू १. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने । २. बैक भाैचर । ३.सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति । ४. List काे Lot no. र Serial Number टिपेर अाउनुहाेला। राहदानी बितरण समय :  विहान १०:१५ बजे  देखि दिउसो १.००…

  • प्रेस बिज्ञप्ती २०७३-७-८

    जिल्ला प्रशासन कार्यालय काठमाण्डौको विज्ञप्ती १.    नेपालीहरुको महानचाड तिहार र छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशिल पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोगबाट आगलागि, दूर्घटना लगायत धनजनको क्षति हुन सक्ने र त्यस्ता कृयाकलापले शान्ति सुरक्षामा प्रतिकुल असर पर्न जाने संभावना भएकोले त्यस्ता कार्यहरुलाई निरुत्साहन गर्न बान्छनीय देखिएको हुँदा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम रोक लगाईएको व्यहोरा यसै विज्ञप्तीद्वारा सर्वसाधारणका लागि जानकारी गराईएको छ । २.    तिहार पर्वको उपलक्ष्यमा खेलिने देउसी, भैलो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता कार्यक्रमहरु गर्दा सम्बन्धित घरधनीको सहमति लिई बिना करकाप बेलुकी १० बजे सम्म मात्र मनाउनु हुन अनुरोध गरिन्छ । साथै…

  • संस्थाको लेटर प्याड सम्बन्धमा २०७२-१०-२२

    संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता गरी संचालनमा रहेका गैर सरकारी संस्थाहरुको काम कारबाहीलाई ब्यबस्थित र एकरुपता ल्याउने सन्दर्भमा देहाय बमोजिमको बिबरण रहेको संस्थाको लेटर प्याड प्रयोगमा ल्याउने ब्यबस्था हुन संबन्धित पक्षलाई सुचित गरिदिनु हुन र सोही बमोजिम दर्ता र नबिकरणको लागि सिफारिशको ब्यबस्था हुन अनुरोध छ । लेटरप्याडको नमुना

  • राहदानी वितरण समय निर्धारण गरिएकाे --

    अान्तरिक कार्यव्यस्तताकाे कारण राहदानी (MRP) वितरण समय विहानकाे १०:०० बजे देखि १:०० बजे सम्म कायम गरिएकाे व्यहाेरा अनुराेध छ।

  • जिल्ला प्रशासन कार्यालय काठमाडौंको Faceebook page २०७१-८-८

    यस कार्यालयबाट सुचनाहरुको सरल आदान प्रदान गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयको Facebook Page www.facebook.com/daokathmandu संचालन गरिएको ब्यहोरा जानकारी गराईन्छ । जिल्ला प्रशासन कार्यालय सम्बन्धी ताजा Update को लागी यस कार्यालयको Facebook Page www.facebook.com/daokathmandu Like गर्नुहुन अनुरोध गरिएको छ । 

  • मिति २०७१-०८-०७ देखि HELP DESK सँचालन २०७१-८-७

    मिति २०७१-०८-०७ देखि यस कार्यालयमा आउनुहुने सेबाग्राहिको सुबिधाको लागि CITIZEN HELP DESK सँचालन गरिएको हुंदा यहांबाट प्रदान गरिने सेवा सम्बन्धी सोधपुछ तथा अन्य जानकारीको लागी CITIZEN HELP DESK मा सम्पर्क राख्नुहुन अनुरोध ।

  • टाेल फ्री नं सञ्चालन बारे --

    यही मिति २०७१।०८।०८ गते देखि टाेल फ्रि नं १६६०-०१-६०६०६ पुन सञ्चालन गरिएको व्यहाेरा जानकारी गराईन्छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय